स्थानीय तह निर्वाचन : कति पदमा कुन पार्टी विजयी ?
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०५ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजाअनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख रअध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०५ स्थानीय तहमध्ये ४२ वटाको प्रमुख र अध्यक्ष जितेको छ ।
कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३६ पालिकाको प्रमुख र अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २३ पालिकाको प्रमुख र अध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ ।
हालसम्म नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दुई र अन्यले २ पालिका प्रमुख र अध्यक्षमा विजयी बनेका छन् ।
हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुख र अध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुख र अध्यक्षमा एमाले, ९६ पालिका प्रमुख र अध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुख र अध्यक्षमा एकीकृत समाजवादी, २९ पालिका र अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुख र अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण