सांघाईमा कोरोना फैलिएसँगै चीनको अर्थतन्त्र अपेक्षितभन्दा बढी प्रभावित
कोभिड–१९ महामारीबाट चीनको अर्थतन्त्रमा अपेक्षा गरेभन्दा बढी प्रभावित बनेको छ । चीन यतिबेला सांघाई शहरमा फैलिरहेको कोभिड महामारीसँग जुधिरहेको छ । जसबाट चीनको अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको खुद्रा बजार सबैभन्दा बढी प्रभावित बनेको छ । यस्तै, उद्योगहरूको उत्पादन समेत प्रभावित बनेको अमेरिकी समाचार संस्था सिएनएनले जानकारी दिएको छ ।
चीनको तथ्यांक विभागका अनुसार त्यहाँको खुद्रा व्यापार गत वर्षको तुलनामा ११.१ प्रतिशतले खुम्चिएको छ । यो यसअघि गरिएको ६.१ प्रतिशतको गिरावटको प्रक्षेपणभन्दा बढी हो । यसअघिको प्रक्षेपणभन्दा ५ प्रतिशत बढीले चीनको बजार प्रभावित बनेको पाइएको छ ।
यसैगरी, चीनको औद्योगिक उत्पादन २.९ प्रतिशत घटेको छ । जुन, अघिल्लो वर्षको तुलनामा यसअघि ५ प्रतिशतले सुधारिएको थियो । तर, सांघाईमा कोरोना महामारी फैलिएसँगै फेरी उत्पादनमूलक उद्योग प्रभावित बनेका हुन् । यसका साथै, चीनको रोजगार बजार ६.१ प्रतिशतले घटेको छ । जुन, मार्च महिनाको भन्दा ५.८ प्रतिशतले घटेको हो । यस्तै, यो तथ्यांक पछिल्लो २१ महिनायताकै उच्च हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न