मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

सिरहामा काँग्रेसका बागीले जिते चुनाव

सोमबार, ०२ जेठ २०७९, ११ : ४१
सोमबार, ०२ जेठ २०७९

सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् । 
स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।

कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो । तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उनलाई टिकट दिएनन् । पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका बालेश्वर यादवले चार सय ३७, जनता समाजवादी पार्टी नेपालका हिन्दकेश्वर लाल कर्णले चार सय १२, नेपाली कांग्रेसका ताराकान्त यादवले चार सय १२ र नेकपा एमालेकी परमेश्वरीदेवी मण्डलले दुई सय ७१ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?