शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको छत्रकोटमा एमाले विजयी

सोमबार, ०२ जेठ २०७९, ११ : ३१
सोमबार, ०२ जेठ २०७९

गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका उमेदवार गुल्मीको छत्रकोट गाउँपालिकामा विजयी भएका छन् ।   अध्यक्ष पदमा एमालेका राम प्रसाद पाण्डे ६ हजार ५८६ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उमेदवार काङ्ग्रेस नेता अनन्त पौडेलले ५ हजार ९४८ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै सावित्रा ज्ञवाली भारी मतले विजयी भइन् । उनले ६ हजार ८७२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १२४ मत प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप