बाँदरमुढे पिडीतलाई संवोधन गर्दा प्रचण्ड भावुक हुँदै भने, ‘हामीले त्यो दिन खाना खान सकेनौं, रातमा निन्द्रा परेन् !’
चितवन – चुनावी कार्यक्रममा सक्रिय पुष्पकमल दाहाल प्रचण्ड आइतबार आफ्नै निर्वाचन क्षेत्र चितवन–३ को चुनावीसभालाई संवोधन गर्न माडी पुगेका थिए ।
हेलिकप्टर चढेर माडी पुगेका एमाले अध्यक्ष केपी ओलीको संवोधनपछि मञ्चमा प्रस्तुत भएका माओवादी अध्यक्षका लागि बसन्तपुरको त्यो मञ्च अरु दिन भन्दा फरक पक्कै थियो । करिब १४ मिनेट भाषण गरेका प्रचण्डका आँखा चौथो मिनेटमा एउटा ब्यानरमा अडियो, मञ्च अगाडीको ब्यानर पढ्दै उनले भने, ‘आजको दिन मेरो लागि पनि विशेष खुशीको दिन भएको छ, पहिलो पटक बाँदरमुढे घटनाका पिडीत परिवारले मलाई स्वागत गरेका छन् ।’
‘यो भन्दा खुशी र गर्वको कुरा हामी सवै माडी बासीको लागि र मेरो लागि केही हुन सक्दैन’ उनले भने, ‘म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु ।’
यत्ति भनेपछि उनी विगततिर फर्किए । बाँदरमुढेमा सर्वसाधारण चढेको बसमा माओवादी कार्यकर्ताको एम्बुसमा परेको दिन (२०६२ जेठ २३ गते) संझँदै भावुक भएका प्रचण्डले भने, ‘ त्यो दिन म रोल्पाबाट दाङतिर झर्दै थिएँ, म लगायत,.... (एकछिन रोकिएर) मेरो परिवारका सदस्यहरु पनि साथै थिए ।’
‘जब बाँदरमुढे घटना घटेको माडीका दिदीबैनी दाजुभाईहरुको मृत्यु भएको, ठूलो क्षति भएको खबर सुनेपछि म स्तब्ध भएको थिए’ भावुक हुँदै प्रचण्डले भने, ‘हाम्रो परिवार, हामीले एकदिन खाना खान सकेनौं, रातमा निन्द्र आएन !’ रातभर निन्द्रा नपरेपछि आफूले त्यहि रातको विहानपख बक्तब्य निकालेर जनयुद्धको सवैभन्दा ठूलो गल्ति भएको र गल्ति गर्नेलाई कारवाही गरिने भन्दै बक्तब्य जारी गरेको स्मरण गर्दै उनले भने, ‘बाँदरमुढे घटनाका पिडित परिवार र माडीका जनताको धैर्यता, साहस र विवेकका निम्ति आभार प्रकट गर्न चाहन्छु ।’
त्यसपछि केही सम्हालिएका उनले जनयुद्धकै कारण संघियता, लोकतन्त्र र गणतन्त्र जन्मिएको दाबी गर्दै उनले भने, ‘यहि विद्रोहले हजारौंको बलिदान भएर नै संघिय गणतन्त्रमा देश आएको हो, नयाँ संविधान निर्माणको आधार खडा भएको हो ।’ बाँदरमुढे घट्ना जनयुद्धको ठूलो गल्ति भएको कुरालाई फेरि एकपटक स्वीकार गरेका प्रचण्डले शान्ति संझौतापछि नै पिडीतहरुसँग भेट्न चाहे पनि विविध कारण र उत्तारचढावले भेट्न नसकेको बताए ।
कतिपयले बाँदरमुढे घट्नामाथि राजनीति गरेर कमाई खाने भाँडो बनाउन खोजेको आरोप लगाउँदै उनले भने, ‘यो घटनालाई बाहना बनाएर राजनीति गर्ने, पिडीतलाई राहत र सहयोग गर्नेतिर भन्दापनि राजनीति गरेर घटनालाई कमाई खाने भाँडो बनाउने केही मान्छेहरुको प्रवृति नदेखिएको हैन ।’
पिडीत परिवारसँग प्रचण्डले तिनबुँदे सहमती गरेका छन् ।
प्रचण्डभन्दा अगाडी सभालाई संवोधन गरेका एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले गरेको सहमती लागू गर्न आफूले सहयोग गर्ने बचन दिए । ओलीको बचन पाएसँगै उत्साहित भएका प्रचण्डले भने, ‘मैले जे सहमती गरेँ एक्लै लागू गरिछाड्छु भनेर सहि गरेँ, तर केपी ओलीले पनि सहयोग गर्छु भनेपछि अब सरकार सिंगै आउनेवाला छ !’
केपी ओली र प्रचण्डले बोल्नु भनेको अहिलेको समयमा सरकार आउने कुरा भएको उनले बताए । भने, ‘सरकार आईसकेको छ, तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु, तपाइहरुको निम्ति अन्तिमसम्म लड्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।’
के थियो घटना ?
माओवादी कार्यकर्ताहरु तत्कालिन शाहीसेनालाई एम्बुसमा पार्ने प्लानमा थिए, त्यस्तोमा बाँदरझुलाबाट एक गाडी शाही फौज माडीतर्फ अगाडी बढेको खबर आयो । चितवन राष्ट्रिय निकुञ्ज क्रस गरेर अगाडी बढेको बस बाँदरमुढे आईपुग्यो, माओवादी कार्यकर्ताले शक्तिशाली बम विष्फोट गराए, बस छियाछिया भयो ! तर, बिडम्बना उक्त गाडीमा सवार सैन्य फौज निकुञ्ज क्रस गर्नासाथ झरिसकेको थियो, गाडीमा सर्वसाधारण चढेका थिए ! कुरा, ०६२ जेठ २३ गतेको हो, उक्त घट्नामा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाईते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित