धनकुटामा एमालेको किल्ला भत्काउँदै काँग्रेस : दुईमा जीत, दुईमा अग्रता
नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।
उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका छोरा सुनिल थापाले काँग्रेस छिरेपछि धनकुटामा राप्रपा निकै कमजोर बनेको छ ।
धनकुटाको छथार गाउँपालिकामा नेपाली काँग्रेस निर्वाचित भएको छ । काँग्रेसका उम्मेदवार छत्र बहादुर सुब्बा ४ हजार ३५९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत पाएका छन् । काँग्रेस उम्मेदवार सुब्बाले २९५ मतान्तरले जित हात पारेका छन् । गत स्थानीय तह निर्वाचनमा धनकुटामै काँग्रेस निल भएको थियो ।
यसपटक काँग्रेसले साँगुरीगढी गाउँपालिका पनि जितेको छ । काँग्रेसका जितेन्द्र राईले ५ हजार ३९९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार जंग याखाले ४ सय ८२८ मत पाएका थिए । एमालेले चौविसे गाउँपालिका भने जितेको छ । एमाले उम्मेदवार राज कुमार लिम्बुले ५०३८ मत ल्याएर जित हात परेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र दल बहादुर मगरले ३९९१ मत मात्र पाएका छन् ।
पाख्रिवास नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । ज्ञान बहादुर गुरुङले ३९७४ पाउँदा एमालेका उम्मेदवार भीम बहादुर राईले ३२८४ मतका साथ पछ्याई रहेका छन् । महालक्ष्मी नगरपालिकामा पनि काँग्रेस उम्मेदवार ध्रुवराज राया ४१८३ मतले अगाडि छन् । एमालेका दिपक बुढाथोकी ३३९० मतका साथ पछ्याई रहेका छन् । धनकुटा नगरपालीकामा भने एमालेको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?