चामुण्डाबिन्द्रासैनी–३ मा नेमकिपाका उम्मेदवार विजयी
सोमबार, ०२ जेठ २०७९, १० : ५४
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पुनः विजयी भएको छ । सो वडामा नेमकिपाका दीपबहादुर शाहीले ४२८ मतसहित विजयी प्राप्त गरेका हुन् ।
उनले नेपाली काँग्रेसका अमरबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले ३६३ मत पाएका छन् । यस्तै नेकपा एमालेका दिनेश बहादुर विकले १४८ मत पाए भने माओवादी केन्द्रका टोप बहादुर खप्तडीले चार मत पाएका छन् ।
०७४ मा पनि यो वडाको नेतृत्व नेमकिपाकै निरक बहादुर शाहीले गरेका थिए । ०७४ अघि यो क्षेत्र काँग्रेसको पकड क्षेत्रको रुपमा मानिन्थ्यो ।