शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

सोमबार, ०२ जेठ २०७९, १० : ४७
सोमबार, ०२ जेठ २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा  नेकपा (एमाले) का उम्मेदवार तथा  भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा काँग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरेका थिए ।

यस गाउँपालिकाको पाँच वडामध्ये काँग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो । त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लामाले नेकपा (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् ।

लामा पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेकपा (एमाले) की पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप