धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित
सोमबार, ०२ जेठ २०७९, १० : ४७
![धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित](https://rpcdn.ratopati.com/media/albums/matganana-cartoon-mataganana_xZNen2WTMp_xR53grhTsl.jpg)
धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ । सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए ।
यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका लागि हाललाई मतगणना कार्य अर्को सूचना प्रकाशन नभएसम्म स्थगित गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)