शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक

सोमबार, ०२ जेठ २०७९, १० : ४३
सोमबार, ०२ जेठ २०७९

बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र) ले तीन, जनता समाजवादी पार्टी (जसपा) ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् । उनले कूल ७८१ मत प्राप्त गरेका थिए ।

उनी यसअघि पनि सो वडाका वडाध्यक्ष रहेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे भने काँग्रेसले ५८१ मत प्राप्त गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठले ५५० मत प्राप्त गरी निर्वाचित भएका छन् । उक्त वडा वि.सं २०७४ को निर्वाचनमा  काँग्रेसले जितेको थियो  ।

नेपालगञ्ज– २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित भए । यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका प्यानल विजयी भएको छ । जसपा नेपालका मोहम्मद रजा राइ वडाध्यक्षमा एक हजार १७४ मत प्राप्त गर्दै विजयी भएका छन् । वडा नम्बर २ मा नेकपा माओवादीका चन्द्रिकाप्रसाद गुप्ता विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका हुन् । 

राप्तीसोनारी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यमबहादुर खड्का निर्वाचित भए । उनीसहित एमालेको पूरै प्यानल निर्वाचित भएको हो ।  खुला सदस्यमा एमालेकै चूर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित भएका छन् । राप्तीसोनारी –२ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन्  । राप्तीसोनारी–३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार ३४३ मत ल्याएका छन् । महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुला सदस्यतर्फ पुन्वा थारु र मङ्गलबहादुर ओली विजयी भएका छन् ।  कोहलपुर नगरपालिका–१ मा माओवादीका बद्रीप्रसाद जैसीको प्यानल विजयी भएको छ । 

कोहलपुर– १५ मा  काँग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचित भएका छन्।  सो वडामा काँग्रेसको पूरै प्यानल निर्वाचित भएको छ । खुजुरा गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका मनवीर खत्री विजयी भएका छन्  । डुडुवा गाउँपालिका–१ मा काँग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप