शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलियो बन्दै अमेरिकी डलर, नेपाली मुद्रा फेरि कमजोर बन्यो

सोमबार, ०२ जेठ २०७९, १० : ३१
सोमबार, ०२ जेठ २०७९

नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा फेरि कमजोर बन्न थालेको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको सटहीदर १२४.२३ रुपैयाँ र खरिददर १२३.६३ रुपैयाँ छ । यसैगरी, एक यूरोको बिक्रीदर १२९.३६ रुपैयाँ र खरिददर १२८.७४ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १५२.३४ रुपैयाँ र खरिददर १५१.६१ रुपैयाँ छ ।

यस्तै, ८६.२२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिददर ८५.३० रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ८९.२० रुपैयाँ र खरिददर ८८.७७ रुपैयाँ छ । १० जापानी येनको बिक्रीदर ९.६१ रुपैयाँ तोकिँदा खरिद दर ९.५७ रुपैयाँ छ ।

यस्तै, केन्द्रीय बैंककाअनुसार चिनियाँ युवानको बिक्रीदर १८.३० रुपैयाँ र खरिद दर १८.२१ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्री ३३.१२ रुपैयाँमा भइरहँदा खरिद मूल्य ३२.९६ रुपैयाँ तोकिएको छ । यता कतारी रियालको बिक्रीदर ३३.९१ रुपैयाँ र खरिददर ३३.७५ रुपैयाँ छ ।

यसका साथै, संयुक्त अरब इमिरेट्सको बिक्रीदर ३३.८२ रुपैयाँ र खरिददर ३३.६६ रुपैयाँ छ । २८.२५ रुपैयाँमा बिक्री भइरहेको मलेसियन रिंगटको खरिददर २८.११ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप