
धनगढीमा मतान्तर बढाउँदै हमाल

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तर बढाएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, १८ र १९ बाट गरी जम्मा ८ हजार ७०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ३८२९ मत ल्याउँदै अग्र स्थानमा छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नृपबहादुर वडले २०८५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चन्दले ९३८ मत मात्रै पाएका छन् । सुरुदेखि नेतृत्व गर्दै आएका हमालले ८ हजार ७०० मत गणना हुँदासम्म दलका उम्मेदवारभन्दा १७३८ मत बढी ल्याएर आफूलाई बलियो बनाउँदै लगेका छन् ।
अहिलेसम्म धनगढीका वडामध्ये १९ नम्बरमा मात्रै हमाल दलका उम्मेदवारभन्दा पछाडि परेका छन् । १९ नम्बर वडामा हमालभन्दा ३ मतले एमालेका रणबहादु चन्द अगाडि छन् । अन्य वडामा भने हमालकै अग्रता छ । धनगढी–१ मा मतगणना सकिएको छ भने अन्य वडामा जारी छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ