शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनौजीमा झडप : एकजना प्रहरी घाइते, डीएसपीको टोली खटाइयो

सोमबार, ०२ जेठ २०७९, १० : २५
सोमबार, ०२ जेठ २०७९

धनुषाको धनौजी गाउँपालिकामा ब्यालेट बक्समा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि विवाद भएको छ । धेरै मत भेटिएपछि एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीको बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) प्रदिप बहादुर क्षेत्रीले रातोपाटीलाई बताए ।

अहिले जिल्लाबाट डिएसपी दिपक राय नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको छ । झडपमा परेर १ जना प्रहरी सहायक निरिक्षक (असई) घाइते भएका छन् । एकीकृत समाजवादीका ४ सय भन्दा बढी कार्यकर्ताले मतगणनास्थल घेरा हालेका छन् । धनौजी गाउँपालिका–२ स्थित मतगणना स्थलमा उनीहरुले ढुंगामुढा गरेका छन् । धनौजी वडा नम्बर– १ को खसेको मत मिलाउँदा १५ मत बढी फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप