शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अछाममा भाइलाई हराउँदै दाइ बने पालिका अध्यक्ष

सोमबार, ०२ जेठ २०७९, १० : १५
सोमबार, ०२ जेठ २०७९

अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । नेपाली काँग्रेसका टेकबहादुर साउँदले एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् ।

टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लोकले २ हजार ६१४ मत मात्र पाए । बान्‍नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक(फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् । 

टेक काँग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप