
माथिल्लो दोर्दी ‘ए’ को विजुली जेठ अन्तिममा राष्ट्रिय प्रसारणमा जोडिने

लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो ।
संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो । आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । आयोजनाको पुनर्निमाणको काम अन्तिम चरणमा पुगेकाले जेठ अन्तिमबाट व्यवसायिक विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट ०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो ।
प्रसारण लाइनको समस्या, कोरोना महामारी र बाढी पहिरोको कारण उत्पादन तालिका धकेलिँदै आएको हो । यसअघि आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माण गर्दा लागत बढेको छ । आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ । दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युत गृहमा लगेर पानी खसाल्ने छ ।
रन अफ द रिभरमा आधारित उक्त आयोजनाले २०७१ बैशाख १५ मा विद्युत उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैया रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । नदीको वहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ