धनुषाको धनौजीमा मतगणनामा विवाद चर्कियो, ८ राउण्ड हवाइ फायर
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि विवाद चर्किएको छ । मतगणनास्थलमा विवाद चर्किएपछि प्रहरीले हवाई फायर समेत गरेको छ ।
प्रहरीले ८ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास फायर गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । मत पेटिकामा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार प्रतिनिधिहरुले हल्ला गरेका थिए । खसेको मतभन्दा बढी मत फेला परेपछि मतगणना स्थगित छ । मतदानको दिन मत खसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद चर्किएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।
उनले भने, ‘मत पेटिकामा मत खसेको भन्दा बढी बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मत पेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ ।’
धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मत पेटिकामा फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण