शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको धनौजीमा मतगणनामा विवाद चर्कियो, ८ राउण्ड हवाइ फायर

सोमबार, ०२ जेठ २०७९, ०९ : ४७
सोमबार, ०२ जेठ २०७९

धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि विवाद चर्किएको छ ।  मतगणनास्थलमा विवाद चर्किएपछि प्रहरीले हवाई फायर समेत गरेको छ ।

प्रहरीले ८ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास फायर गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । मत पेटिकामा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार प्रतिनिधिहरुले हल्ला गरेका थिए ।  खसेको मतभन्दा बढी मत फेला परेपछि मतगणना स्थगित छ । मतदानको दिन मत खसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद चर्किएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

उनले भने, ‘मत पेटिकामा मत खसेको भन्दा बढी बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मत पेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ ।’ 
धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मत पेटिकामा फेला परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप