मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध विमानस्थलको उद्घाटन गर्दै देउवाले भने– मुलुक हवाई उडानको नयाँ युगमा

सोमबार, ०२ जेठ २०७९, ०९ : ०८
सोमबार, ०२ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मुलुक हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै उनले यो विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे । नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकको विकासमा टेवा पुग्ने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल थपिएसँगै हवाई उद्योग चलायमान हुने प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप