शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

धनुषाको धनौजीमा मतगणना स्थगित

सोमबार, ०२ जेठ २०७९, ०८ : ५७
सोमबार, ०२ जेठ २०७९

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । 

१५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । 

उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ 

धनौजी वडा नम्बर २ मा १ हजार ६९४ मत हुनुपर्नेमा सोभन्दा बढी मत मतपेटिकामा फेला परेको जनाइएको छ ।  मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह १५१४ मतसहित अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपाल जिवेन्द्र झा १ हजार १५६ मतसहित दोस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप