मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको आरुघाटको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, ०८ : ५५
सोमबार, ०२ जेठ २०७९

गोरखाको आरुघाट गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सो पालिकामा काँग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् ।

गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३ सय ३१ मतका साथ विजयी भएका हुन् । अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा विजयी नेपालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप