सर्लाहीको धनकौलमा काँग्रेस विजयी
सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । निर्वाचन अधिकृत शिवदत्त बरालका अनुसार सोमबार बिहान सम्पन्न मतगणनामा काँग्रेसका रामआश्रय साह ४ हजार ४७७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत प्राप्त गरे भने एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत ल्याए । त्यस्तै उपाध्यक्षमा काँग्रेसकै अकली सहनी ४ हजार ५०४ मत ल्याई निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निलम कुमारी देवी सहनीले ३ हजार २२५ र नेकपा एमालेकी रमिता कुमारी यादवले १ हजार ६०३ मत ल्याए ।
त्यस्तै धनकौल वडा नम्बर १ मा काँग्रेसका गौरीशंकर महतो, वडा नम्बर २ मा रामबहादुर सहनी, वडा नम्बर ४ मा नरेन्द्र राय यादव, वडा नम्बर ७ मा रामलखन राय विजयी भएका छन् । वडा नम्बर ५ मा माओवादी केन्द्रका गजेन्द्र महतो र वडा नम्बर ६ का श्यामबाबु साह निर्वाचित भएका छन् भने वडा नम्बर ३ मा एमालेका अशोक कुमार यादव निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान