शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखराको महानगर-१ मा एमाले, २ मा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, ०८ : ४६
सोमबार, ०२ जेठ २०७९

पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् । उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् । सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए । यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।

पोखरा-२ मा काँग्रेसको प्यानल विजयी भएको छ । काँग्रेसका दिवसमान प्रधानांगले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे । प्रधानांग ९ सय ३९ मतसहित वडाध्यक्षमा विजयी हुँदा शाहले ६ सय ६१ मत पाए ।

खुला सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् । वडा नम्बर २ मा यसअघि ३ सय ७१ मतान्तरले काँग्रेस विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप