इटहरी उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन अगाडि, उपप्रमुखमा एमालेको अग्रता
सोमबार, ०२ जेठ २०७९, ०८ : ३०
सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार उपमहानगर प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका हेमकर्ण पौडेलले ४ हजार १६८ मतसहित अग्रता लिएका हुन् ।
प्रमुखमा नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले ३ हजार १५३ र राप्रपाका आकाश हाङ लिम्बुले ४१७ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेकपा एमालेका संगीता कुमारी चौधरीले ३ हजार ४८९ मतसहित अग्रता बनाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले २ हजार ५९७ मत पाएका छन् भने राप्रपाका बबिताकुमारी चौधरीले ५३० मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा