शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पाको मुड्केचुलामा माओवादी विजयी

सोमबार, ०२ जेठ २०७९, ०८ : ०९
सोमबार, ०२ जेठ २०७९

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छिन् ।

एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन् । वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप