सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता

सोमबार, ०२ जेठ २०७९, ०८ : ०२
सोमबार, ०२ जेठ २०७९

पर्सा । वीरगञ्ज महानगर प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । मेयरमा जसपा नेपालबाट उम्मेदवारी दिएका राजेशमान सिंहले ४ हजार १७५ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवारी दिएका विजयकुमार सरावगीले एक हजार ८८४ मत पाएका छन् ।

 सिंहसँग सरावगी २२९१ मतले पछाडि परेका छन् । महानगर प्रमुखमै उम्मेदवार बनेका राप्रपाका गिरीश गिरीले १३४ मत पाएका छन् । यस्तै, उपप्रमुखमा सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बनेका नेपाली काँग्रेसका इम्तियाज आलमले २ हजार ८१६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तम लाल झाले ४६३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप