बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सल्यानको त्रिवेणी गाउँपालिकामा अधिकांश वडासहित काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, ०७ : ४१
सोमबार, ०२ जेठ २०७९

सल्यानको त्रिवेणी गाउँपालिकामा अधिकांश वडासहित नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको छ । पालिका अध्यक्षमा काँग्रेसका खमबहादुर रावत ३ हजार ३६९ मतसहित विजयी भएका हुन् ।

अध्यक्षमा नेकपा एकीकृत समाजवादीका डिल्लीबहादुर केसीले २ हजार १७ र नेकपा एमालेका लोकेन्द्र सिंह खड्काले एक हजार ७९६ मत पाए । यो पालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच अध्यक्ष/उपाध्यक्षमा तालमेल भएको थियो ।

यस्तै, उपाध्यक्षमा काँग्रेसकी सीता खड्का पुन ३ हजार १८६ मतसहित विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजेन्द्र कुमार थापाले दुई हजार ३५ मत पाए भने एमालेकी कलावती वलीले एक हजार ८१९ मत पाइन् ।

पालिकाका ४ वटा वडामा नेपाली काँग्रेस र एक/एक वडामा एमाले र माओवादी विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप