एमालेको किल्ला मानिएको माछापुच्छ्रेमा काँग्रेस विजयी
सोमबार, ०२ जेठ २०७९, ०७ : ३४
नेकपा एमालेको किल्ला मानिएको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ । अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली काँग्रेसका मिन बहादुर गुरुङले जितेका छन् ।
उपप्रमुखमा पनि काँग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हुन् । सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।
गाउँपालिकाको ९ वडामध्ये ७ वटा वडामा काँग्रेसले र २ वडामा एमालेले जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक सुरु
-
ऐतिहासिक निशान पदमार्गमा पदयात्रा
-
ज्योति मगरको प्रश्न : ‘काले के–के’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?
-
विश्वका थुप्रै अवार्ड विजेता ‘सेतो सूर्य’ युट्युबमा
-
युवाहरूलाई खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा हो : महामन्त्री थापा
-
विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस