शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा फेरि गोलीकाण्ड, एक जनाको मृत्यु

सोमबार, ०२ जेठ २०७९, ०७ : ३१
सोमबार, ०२ जेठ २०७९

लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने  चार जना ‘गम्भीर’ घाइते भएका छन् । न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलीपल्ट चर्चमा आक्रमण भएको हो ।

सो आक्रमणमा १० जना मारिएका थिए । ‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ । घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् । त्यस्तै, घटना स्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप