शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुद्धको सन्देशलाई व्यावहारमा उतारी जीवनलाई  शान्तिमय बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

सोमबार, ०२ जेठ २०७९, ०७ : १५
सोमबार, ०२ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री देउवाले २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा भनिएको छ, “विश्वमा शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउने शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको पुनीत अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा बौद्ध धर्मावलम्बी समुदायमा सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणजस्ता तीनवटा महत्तवपूर्ण घटनाहरू घटेको पवित्र दिनका रूपमा प्रसिद्ध भएको र यस दिनले परापूर्वकालदेखि नै शान्ति, अहिंसा, सद्भाव, दया, करुणा र आत्मबोधको मार्गतर्फ अघि बढ्न उत्प्रेरित गर्दै आएको सन्देशमा छ ।

“गौतम बुद्ध नेपालका राष्ट्रिय विभूति हुन, उनको शिक्षा र उपदेश समग्र मानव समुदायका लागि अहिले पनि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत रहेका छन,” सन्देशमा भनिएको छ, “भगवान् बुद्धले दुःख र शोकबाट मुक्ति हुनका लागि उपदेश गर्नुभएको चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग सबै पिँढीका मानव मात्रका लागि उपयोगी र अवलम्बनीय उपायका रूपमा रहेका छन ।” सन्देशमा  बुद्धको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउन सक्नुपर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप