भरतपुरमा विजय अग्रस्थानमै, पछ्याउँदै रेनु
सोमबार, ०२ जेठ २०७९, ०६ : ४२
चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । ९३७० मत भन्दा एमाले राप्रपाका साझा उम्मेदवार सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता कायमै राखेका हुन् ।
सत्ता गठबन्धनको समर्थित माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मतका साथ सुवेदीलाई पछ्याई राखेको अवस्था छ । यस्तै गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमला २६५० मत पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली