शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको ओमसतियामा राप्रपाको अग्रता कायम

सोमबार, ०२ जेठ २०७९, ०६ : २२
सोमबार, ०२ जेठ २०७९

रुपन्देहीको ओमसतिया गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ । वडा नम्बर १, २ र ३ को ६७३५ मतपत्र गणना गर्दा राप्रपाले गाउँपालिका अध्यक्ष पदमा १९८९ मत प्राप्त गरी अग्रता कायम राखेको हो । त्यस्तै उपाध्यक्ष पदमा पनि २००५ मत प्राप्त गरी अग्रता कायम गरेको हो ।

राप्रपालाई पछ्याउँदै नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले हालसम्म अध्यक्ष पदमा १६१७ मत प्राप्त गरेको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष पदमा ६७२ मत प्राप्त गरी तेस्रो नम्बरमा रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले अध्यक्ष पदमा ६३१ र जनमत पार्टीले ५८६ मत प्राप्त गरेको छ ।

उपाध्यक्ष पदमा राप्रपालाई पछ्याउँदै नेपाली काँग्रेस दोस्रो नम्बरमा रहेको छ । उपाध्यक्ष पदमा काँग्रेसले हालसम १४४९ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले उपाध्यक्ष पदमा १३३२, जनमत पार्टीले ७०६ र जसपाले ३२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै ओमसतिया(१ मा राप्रपाबाट वडा अध्यक्ष पदका उम्मेदवार बेल बहादुर बराल मगर नेकपा एमालेका रन बहादुर थापा मगरलाई १०७२ मतान्तरले हराउँदै विजयी भएका छन् । त्यस्तै वडा नम्बर २ मा काँग्रेसले सफलता पाएको छ ।

काँग्रेस सित्तल जीटीलेएमालेका रामु काफ्लेलाई २२५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप