मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डडेलधुराको नवदुर्गामा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, ०५ : १५
सोमबार, ०२ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थी  २ हजार ८७९ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

सो गाउँपालिकामा एकीकृत समाजवादीका कविन्द्र विष्ट २ हजार ६०६ मत पाएर पराजित भए  ।सो गाउँपालिकामा काँग्रेसकै निर्मलाकुमारी बोगटी ३ हजार २०८ मत पाएर उपाध्यक्षमा विजयी भएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप