शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकामा फेरि मतगणना सुरु

सोमबार, ०२ जेठ २०७९, ०१ : १५
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकामा फेरि मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर २ मा ३० कम भेटिएपछि मतगणना केहीबेर रोकिएको थियो ।

मुचुल्कामा भन्दा ३० मत कम देखिएको दलका प्रतिनिधिहरुले बताएका छन् । ३० मत कम भेटिएपछि नेकपा एमालेले मुख्य निर्वाचन कार्यालयमा सोमबार निवेदन दिने भएको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप