बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा झडप, ६ घाइते

सोमबार, ०२ जेठ २०७९, ०० : ५३
सोमबार, ०२ जेठ २०७९

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।

रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यालयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताए । उनले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप