बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः चन्द र भट्ट नै दोहोरिए

सोमबार, ०२ जेठ २०७९, ०० : १२
सोमबार, ०२ जेठ २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् ।   गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै  बिना भट्ट विजय भएका हुन् । 

आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन् । 

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् । 

पञ्चेश्वर गाउँपालिकाको वडा नं। १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं। २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएकाछन् ।

वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द विजयी भएका छन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर विजयी हुँदा वडा नं. ६ मा एमालेका रामसिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा नम्बर ६ मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएका छन् । 

पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप