बैतडीको पञ्चेश्वरमा पुनः चन्द र भट्ट
बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् ।
आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका काँग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् । पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने वडा नं। २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएका छन् ।
वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द विजयी भएका छन् । वडा नं ५ मा काँग्रेसका नरेश चन्द ४४७ मत लिएर विजयी हुँदा वडा नं. ६ मा एमालेका राम सिंह पुजारा विजयी भएका छन् । वडा न. ६ मा एमालेका जनक बहादुर चन्द विजयी भएका छन् । पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट