आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको मेयरमा चिरीबाबु दोब्बर बढी मतले अगाडि

आइतबार, ०१ जेठ २०७९, २२ : ४५
आइतबार, ०१ जेठ २०७९

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले दोब्बर बढी मतान्तरका साथ अग्रता बनाएका छन् । महर्जनले १७४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७१५ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ७८७ मत पाएकी छन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले ४४९ मत   ल्याएका छन् । यस्तै वडा नम्बर ४ को अध्यक्षमा नेपाली काँग्रेसले ८९ मत ल्याएको छ भने नेकपा एमालेले ७७ मत ल्याएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप