भोजपुर आमचोकमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।
काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन्। यस्तै उपाध्यक्षमा माओवादीकी सीता राईले ३५११ मत ल्याएर विजयी भएकी छिन् गठबन्धनबाट काँग्रेसका उपाध्यक्ष छिरिङ शेर्पाले ३१०३ मत ल्याएर पराजित भएका छन् ।
माओवादीकी सीताले काँग्रेस एमालेका संयुक्त उम्मेदवार छिरिङलाई ४०८ मतले पराजित गरेकी छिन्। यस्तै आमचोक गाउँपालिकाका १० वडा अध्यक्षमध्ये माओवादीले ६ वडा अध्यक्ष जितेको छ। अरु काँग्रेसले २ र एमालेले २ वडा अध्यक्ष मात्रै जितेका छन्।
तत्कालीन प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको पालिकाबाट माओवादीले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ। एमाले भोजपुरका प्रभावशाली नेता राईले एमालेले हार्ने निश्चित भएपछि काँग्रेस एमाले गठबन्धन गरेका थिए। अन्तमा काँग्रेस एमालेका संयूक्त उम्मेदवारलाई माओवादीले पराजित गर्दै विजयी भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट