सल्यानको कुमाख गाउँपालिकामा काँग्रेस र एमालेको गठबन्धन विजयी
आइतबार, ०१ जेठ २०७९, २१ : ५७
सल्यानको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकी ४६ मतान्तरले विजयी भएका हुन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४०१२ मत ल्याएको निर्वाचन अधिकृत रामहरी रिजालले रातोपाटीलाई जानकारी दिए ।
उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३९४३ मत ल्याएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या