बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमाले महासचिव पोखरेलले भने–एमालेका पक्षमा राम्रो जनमत प्रकट भएको छ

आइतबार, ०१ जेठ २०७९, २१ : २२
आइतबार, ०१ जेठ २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा राम्रो जनमत प्रकट भएको बताएका छन् । महासचिव पोखरेलले आइतबार राति सामाजिक सञ्जालमार्फत सत्ताको चरम दुरुपयोगका बावजुद एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको  बताएका हुन् ।

साथै उनले धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा नभएको बरु रक्षा गरिएको दावी गरेका हुन् । ‘सत्ताको चरम दुरुपयोगका बावजुद एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ । धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो’, पोखरेलले फेसबुकमा लेखेका छन् । यसअघि आजै उनले निर्वाचनमा धाँधली भएको भन्दै १५ बुँदे आरोपसहित चर्को असन्तुष्टि जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप