सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिवास नगरपालिकामा ३ वडाको मतगणना सकियो, कसले कति मत पाए ?

आइतबार, ०१ जेठ २०७९, २१ : १५
आइतबार, ०१ जेठ २०७९

महोत्तरीको बर्दिवास नगरपालिकाको वडानम्बर १, ७ र ८ को मतगणना सम्पन्न  भएको छ । आइतबार भएको मतगणना परिणामअनुसार स्वतन्त्रबाट नगर प्रमुखका उम्मेदवार प्रह्लाद छेत्रीले  ३२५४ मत प्राप्त गरेका छन् भने माओवादी राजु खड्काले १६४२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका टेकबहादुर बलम्पाकीले ९८५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा स्वतन्त्रकी तारादेवीले २०६१ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी कृष्णमाया गौतमले १६१४ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेकी दुर्गा दाहालले १३३४ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप