बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदान प्रक्रिया रद्दबारे छानबिन

आइतबार, ०१ जेठ २०७९, २१ : १५
आइतबार, ०१ जेठ २०७९

निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

आयोगको वैशाख ३१ गतेको निर्णयले आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा छानबिन टोली गठन भएको हो । उक्त टोली अध्ययनका लागि आज बूढीगङ्गा नगरपालिकातर्फ प्रस्थान गरेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप