सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भोलिदेखि काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने

आइतबार, ०१ जेठ २०७९, २० : ४४
आइतबार, ०१ जेठ २०७९

काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात  ठाउँबाट हुने भएको छ ।  मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको बताए ।

आइतबार साँझ निर्वाचन मतगणना प्रक्रिया र योजनाका बिषयमा प्रत्यक्ष प्रसारणमार्फत प्रतिक्रिया दिँदै उनले सोमबारबाट काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।

आइतबारसम्म महानगरको मतगणना ६ ठाउँबाट भइरहेको छ । तर मतगणना सुस्त भएको जनगुनासो आइरहेको छ । यद्यपि मुख्य निर्वाचन अधिकृत खतिवडाले जनचासोलाई ख्याल गर्दै थप व्यवस्थित गर्दै अघि बढ्ने बताए । त्यस्तै अनाधिकृत रुपमा महानगरको सवालमा आएका गलत सूचनामा भर नपर्न पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभागृहबाट भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप