विराटनगर महानगरमा गठबन्धनको अग्रता कायमै
आइतबार, ०१ जेठ २०७९, २० : १०
विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नागेश कोइरालाले अहिले पनि अग्रता लिइरहेका छन् । भर्खरै घोषित विवरण अनुसार १० हजार ५ सय २५ मत गणना गर्दा गठबन्धन अगाडि रहेको छ ।
गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले ३२७८ मत ल्याएका छन् । कोइरालालाई एमालेका सागर थापाले पच्छ्याइरहेका छन् । उनको २३४७ मत रहेको छ । स्वतन्त्र उम्मेदवार उमेश यादवले ११७९ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले २७०६ मत ल्याएकी छिन् । गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार जसपाका अरमेन्द्र यादवले १७९९ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चार संसदीय समितिको बैठक बस्दै
-
डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले चाल्यो यस्तो कदम
-
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
-
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
-
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी
-
चितवनले जित्यो टस, पहिले फिल्डिङ गर्ने