शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको अजिरकोट-४ मा काँग्रेस

आइतबार, ०१ जेठ २०७९, १९ : २८
आइतबार, ०१ जेठ २०७९

गोरखाको अजिरकोट गाउँपालिका ४ मा नेपाली काँग्रेसका जंगबहादुर गुरुङ विजयी भएका छन् । १०२२ मतसहित गुरुङ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । 

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार जयबहादुर गुरूङले पाँच सय २५ मत ल्याएका छन् । गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार दीपक देवकोटाले २७२७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेसका उम्मेदवार गोविन्द्र गुरूङले २६२४ मतकासाथ पछ्याइरहेका छन् ।

उपाध्यक्षमा भने काँग्रेसकी ईन्द्रा गुरूङले अग्रता लिएकी छन् । उपाध्यक्षमा गुरूङले २६९२ मतका साथ अग्रता लिएकी हुन् । माओवादी केन्द्रकी उम्मेदवार अनिता भूजेलले २५७८ मतका साथ पछ्याइरहेकी छन् । अजिरकोट वडा न १, २ र ३ प्यानलसहित माओवादीले जितेको हो भने वडा न ४ काँग्रेसले । कुल १२ हजार ५९२ मतदाता रहेको अजिरकोटमा करिब ६५ प्रतिशत मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप