आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रोचक बन्यो हेटौंडाको मतगणना : राप्रपाको अग्रता

आइतबार, ०१ जेठ २०७९, १९ : २४
आइतबार, ०१ जेठ २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहले अग्रता लिएका छन् । 

पछिल्लो मत परिणामअनुसार ९०२९ मत गन्दा सिंहले २७१० मत प्राप्त गरेका छन् । यसअघि अग्रता लिइरहेकी नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले २६६९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २४३४ मत प्राप्त गरेका छन् ।  

उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ३९८२ मतसहित अग्रता लिएका छन् भने  नेकपा एमालेकी सुमित्रा काफ्लेले ३०१६ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ८०३ मत पाएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप