शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले आत्तिएको छैन, बरु खुशी छ : उपाध्यक्ष नेम्वाङ

आइतबार, ०१ जेठ २०७९, १९ : ००
आइतबार, ०१ जेठ २०७९

स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धन, निर्वाचन आयोग र सरकारमाथि १५ वटा प्रश्न तेर्स्यो । महासचिव शंकर पोखरेलले आईतबार विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा सरकारले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको र त्यसमा स्वतन्त्र निकाय निर्वाचन आयोगले समेत समर्थन जनाएर धाँधली र षड्यन्त्र गरेको आरोप लगाए ।

निर्वाचनको प्रारम्भिक नतिजामा एमाले अग्रस्थानमै छ । यद्यपि एमालेले दावी गरेका केही स्थानीय तहमा उसको प्रारम्भिक नतिजा सोचेभन्दा फरक आइरहेको छ । यो निर्वाचनमा जतिसुकै दलले एमालेविरुद्ध गठबन्धन गरेपनि एक्लै भिड्ने घोषणा गरेको यो पार्टीले मतदान भएर प्रारम्भिक नतिजा सार्वजनिक भएपछि सरकारप्रति आरोप लगाएपछि के एमाले आत्तिएको हो ? भन्ने स्वभाविक प्रश्न उठेको  छ । तर एमाले नेता एमाले नआत्तिएको बरु टिप्पणी मागेको दावी गर्छन् ।

यो प्रश्नको जवाफ खोज्न रातोपाटीले एमाले उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङलाई प्रश्न गरेको छ । नेम्वाङलाई हाम्रो प्रश्न यस्तो छ ।  प्रारम्भिक नतिजामै एमालेले सरकार र निर्वाचन आयोगमाथि विभिन्न आरोप लगाएर विज्ञप्ति निकालेको छ । के यो नतिजाबाट एमाले आत्तिएको हो ?

तपाईको प्रश्नलाई म अलिकति करेक्सन गर्छु । यसलाई आत्तिएको भन्दैन टिप्पणी मागेको हो । हामी आत्तिएका छँदैछैनौं । हामीलाई जुन ढंगले सारा संसार लागेर एक्ल्याएर सत्ता पक्ष एकापट्टी लाग्ने कहीपनि हुँदैन । नतिजाबाट एमाले आत्तिएको होइन, टिप्पणी मात्रै गरेको हो भन्ने तपाईको भनाई हो ?

सत्तापक्षले प्रतिपक्षलाई एक्लो बनाएर गठबन्धन गरेको विश्वमा कहिं पनि पाइँदैन । त्यस्तो अवस्थमा पनि हामीले जसरी लडेर यो उपलब्धी हाँसिल गर्यौ यो आत्तिएको हुँदै होइन । हामीले त ग्राइन्ड सफलता हासिल गर्यौ भन्ने छ हामीलाई ।

सफलता हासिल गर्यौ भन्दै गर्दा सरकारमाथि यत्रो आरोप किन त ? यसले त एमाले कमजोर भएको भनेर बुझ्न सकिन्छ नि ? सरकार र सत्तापक्ष यस्ता कामहरु गर्यागर्यै गर्छ । धेरै उदाहरण अहिले नभनौं, त्यसैले यसले अरु अरु विषय पनि उठाइरहेकाले, कामहरु गरिरहेकाले यस्तो काम नगर है भनेर सतर्क गराएको हो ।

पुन मतदानको माग पनि सतर्क मात्रै हो ? हाम्रा सवै कुराहरु गलत काम नहुन् भन्नेतर्फ निर्वाचन आयोग, सरकार र सत्तापक्षको ध्यानाकर्षण हो । भनेपछि एमाले आत्तिएको होइन ? आत्तिएको होइन, हामी त खुशी छौ । बरु सत्तापक्ष पो आत्तिएर अरु गढबढी गर्छ कि भन्ने हाम्रो चिन्ता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप