आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चिरिबाबु भन्छन्- ‘प्रारम्भिक नतिजाले जीत सुनिश्चित’

‘अब अग्रता लिने मेरो पालो : व्यञ्जनकार
आइतबार, ०१ जेठ २०७९, १८ : ५०
आइतबार, ०१ जेठ २०७९

ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुवैले आफू विजयी हुने दावी गरेका छन् । काँग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिनु भएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिए भने एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क गरेका हुन् । 

महर्जनले सञ्चारकर्मीमाझ आफू विगतमा भन्दा दशौं गुणा बढि मतका साथ विजयी हुने प्रक्षेपण गरेको बताए । त्यसैगरी एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले ०७४ सालको स्थानीय तह निर्वाचनमा आफू ३२६ मतको झिनो अन्तरमा पराजित भएको र यसपटक भने सबै वडामा आफ्नो राम्रो भएकाले विजयी हुने बताए । उनले विगतमा भन्दा आफ्नो २१, २२, २३, २४, २६, २७ र २८ वडामा बढि राम्रो भएकाले विजयी हुनेमा ढुक्क रहेको बताए ।

आईतबार (आज) दिउँसोसम्मको मतगणनाअनुसार मेयरमा महर्जनले अग्रता लिए । तर एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार भने दुई प्रतिशत मतगणना गर्दा त्यो परिणाम आएपनि अब आफूले अग्रता दिने बताए । महर्जनले भने, ‘सबै वडामा आफ्नो राम्रो मत आउने विश्वास व्यक्त गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप