बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्ड र स्वीडेनको नाटो सदस्यतालाई टर्कीले समर्थन नगर्ने

आइतबार, ०१ जेठ २०७९, १८ : २४
आइतबार, ०१ जेठ २०७९

एजेन्सी। टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानले उनको मुलुकले स्वीडेन र फिनल्याण्ड नाटोमा सहभागी हुने कुराको समर्थन गर्न नसक्ने बताएका छन् । युक्रेनमाथि रुसी आक्रमणपछि स्वीडेन र फिनल्याण्डको उच्च राजनीतिक तहमा नाटोको सदस्यता लिनुपर्ने वहस तिव्र बनेको छ। जनतामाझ पनि नाटोप्रतिको धाराणा निक्कै सकारात्मक बन्दै गएको छ। 

शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा टर्कीका राष्ट्रपति एर्दोगानले दुई स्क्यान्डेनेभियन मुलुकले नाटोको सदस्यता चाहेको कुराप्रति उनको सरकारको ‘सकारात्मक’ नरहेको प्रतिक्रिया दिए। यसको कारण ती मुलुक ‘आतंकवादी संगठनहरुको आश्रयस्थल’ रहनु रहेको उनले आरोप लगाए। 

‘केही आतकंवादी संगठनका सदस्य ती देशमा सांसद समेत बनिसकेका छन्। यस्तोमा हामी तिनको सदस्यतालाई समर्थन गर्न सक्दैनौं,’ एर्दोगानले भने । टर्कीले पहिलदेखि स्वीडेन तथा अन्य पश्चिमी युरोपेली मुलुकले आफूले ‘आतकंवादी’ मानेका संगठनप्रति नरम व्यवहार गरेको भन्दै असन्तुष्टि जनाउदै आएको छ। 

टर्कीले आतकंवादी मानेका कुदिस्तान वकर्स पार्टी(पीकेके) र सिरियन कुर्दिस पुपिल्स प्रोटेक्स युनिट्स(युपिजी)का सदस्य ती मुलुकको शरणमा रहेको उसको दावी छ। 
टर्की नाटोका ३० मध्ये एक सदस्य हो। कुनै नयाँ मुलुक नाटोको सदस्य बन्नका लागि संगठनका सबै ३० सदस्यको समर्थन पाउनुपर्छ । एर्दोगानले विगतमा ग्रिसलाई नाटोमा समाबेश गरिनु गल्ती भएको उल्लेख गर्दै संगठनले पुन अर्को गल्ती गर्न नहुने बताए । ग्रिस र टर्कीबीच विभिन्न मुद्दामा विवाद छ। तथापि यी दुई मुलुक एकै वर्ष सन् १९५२ मा नाटोको सदस्य बनेका थिए। 

फिनल्याण्डका प्रधानमन्त्री एवंम राष्ट्रपतिले गत विहिबार ‘ढिलो नगरी’ नाटोमा सहभागीताका लागि दरखास्त दिनुपर्ने आह्वानमाझ एर्दोगानको यस्तो टिप्पणी आएको छ। यसअघि नै मस्कोले दुई स्केन्डेभियन मुलुकको नाटोको सदस्यता ‘गम्भिर गल्ती हुने’ र आफूले जवाफी कदम चाल्न बाध्य हुने बताए ।
अल जजिराबाट


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप