पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक
![पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक](https://rpcdn.ratopati.com/media/albums/ballot-box-matpetika-local-election_yg5GTKKZnm.jpg)
पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका १५ वडामध्ये नेकपा एमालेले १३ र गठबन्धन २ वटा वडामा विजयी भएको छ । सार्वजनिक भएको मत परिणामअनुसार जलजला गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा एमालेका उम्मेदवारले जीत हात पारेका छन् । तीमध्ये एमाले तीनवटा वडामा प्यानलसहित विजयी भएको छ ।
यस्तै, महाशीला गाउँपालिकामा ३ वटा वडामा पनि एमाले विजयी भएको छ । महाशीला गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। बिहादी गाउँपालिका १ मा पनि एमालेको सिंगो प्यानल विजयी भएको छ । उता फलेवास नगरपालिकाका ३ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा २ वटा वडामा एमालेले जित हासिल गरेको छ । फलेबास नगरपालिका वडा २ र ११ मा पनि एमाले विजयी भएको छ । फलेबासको वडा नमबर १ मा भने काँग्रेसका उमेदवार विजयी भएका छन् ।
यता पैंयु गाउँपालिकामा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । पैंयु गाउँपालिका १ मा काँग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नम्बर २ र ३ मा पनि एमालेले नै जित हात पारेको हो ।
यस्तै, मोदी गाउँपालिकामा वडा न १ मा एमालेका उमेदवार विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त विद्यार्थी नेताहरूले पाए पार्टीको जिम्मेवारी, रावलले गरे अस्वीकार
-
नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरी छ : अख्तियार प्रमुख राई
-
भन्सार घटेपछि पनि सुनको मूल्य नयाँ रेकर्ड नजिक
-
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै
-
चर्चामा करिनाको रहस्यमय पोस्ट
-
खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी