मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको गढवामा माओवादी, राजपुरमा काँग्रेसको अग्रता

आइतबार, ०१ जेठ २०७९, १८ : ११
आइतबार, ०१ जेठ २०७९

दाङको गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले लिड गरेको छ भने राजपुरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। गढवा अध्यक्षमा माओवादीका यामनाराण शर्मा पोखरेल‘विश्वास’ले १४६५ मत ल्याउँदा काँग्रेसका सर्वजति डिसीले १४३३ मत र एमालेका सहजराम अहिरले १०५० मत ल्याएका छन्।

गढवामा कहिले काँग्रेस कहिले एमालेले लिड गर्दै आएको छ। अहिले माओवादीका शर्माले अग्रता लिएका छन्। यस्तै राजपुरमा काँग्रेसका अध्यक्षका उम्मेदवार सरद कुमार बुढाथोकीले २३३६ मत ल्याउँदा माओवादीका चक्रबहादुर खड्का‘शिखर’ले २२२९ मत ल्याएका छन्। एमालेका कुलराज गिरीले १५८३ मत ल्याएका छन्। यसअघि माओवादीका खड्काले अग्रता लिएकोमा अहिले काँग्रेसका बुढाथोकीले अग्रता लिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप